अब नेपालमा टनल्यान्ड जी७, सफल एकवर्षे परीक्षणपछि सार्वजनिक गर्ने तयारी

अब नेपालमा टनल्यान्ड जी७, सफल एकवर्षे परीक्षणपछि सार्वजनिक गर्ने तयारी

काठमाडौं :  नेपाली भूगोल र सडक अवस्थालाई ध्यानमा राखी एक वर्षसम्म परीक्षण गरिएको अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी टनल्यान्ड जी७ अब नेपालमा सार्वजनिक हुने भएको छ।

वितरक कम्पनी एमएडब्लू वृद्धि का अनुसार, गाडीले जटिल भूभाग र विविध सडक चुनौतीहरू सफलतापूर्वक पार गरेको छ।

टनल्यान्ड जी७ मा १६० हर्सपावर इन्जिन र ३९० एनएम टर्क छ, जसले कठिन बाटोमा समेत भरपर्दो प्रदर्शन दिन्छ। २२५ मिमि ग्राउन्ड क्लियरेन्सले उबडखाबड सडक पार गर्न सजिलो बनाउँछ, र ‘पुस-स्टार्ट’ बटनले प्रयोग सहज बनाउँछ।

सुरक्षाका लागि ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता सुविधा छन्। भित्री भागमा १२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ र पानोरामिक सनरुफले प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ।

सिटहरू ‘हिटेड’ र ‘भेन्टिलेटेड’ छन्, जुन १२ तरिकाले समायोजन गर्न सकिन्छ। अटोमेटिक एयर कन्डिसनिङले चार मौसममा आराम सुनिश्चित गर्छ।

एमएडब्लू वृद्धिले यो गाडी नेपाली पिकअप बजारमा नयाँ मापदण्ड बनाउने विश्वास व्यक्त गर्दै ग्राहकहरूलाई स्वागत गरेको छ।

वैशाख ३०, २०८२ मंगलबार ०८:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।