सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं : काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान बा.३४ प ४३२० र रा.७ प ८७९५ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका–५ निवासी ४६ वर्षीय सन्तोष कुमार गुरुङ गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर लगिएको भए पनि उपचारका क्रममा निधन भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
त्यस्तै, सोही मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति गम्भीर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
वैशाख २९, २०८२ सोमबार १८:३४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।