रेशम पक्राउ परेपछि बिथोलिएको पार्टी एकता सिके काठमाडौं फर्किएपछि हुने

रेशम पक्राउ परेपछि बिथोलिएको पार्टी एकता सिके काठमाडौं फर्किएपछि हुने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीका अध्यक्ष सीके राउत काठमाडौं आए लगत्तै पार्टी एकता प्रक्रिया अगाडि बढाउने दाबी गरेकी छन्।

सांसदसँग रासस संवादमा कुरा गर्दै श्रेष्ठले अध्यक्ष राउत पार्टीको कामले जिल्लातिर गएकाले एकता रोकिएको बताइन्। ‘पछिल्लो समय जनमत पार्टी र हाम्रो नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने भनिएर एकता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो । त्यो दिन एकता बिथोलियो । जनमत पार्टीका अध्यक्ष पार्टीको कामले अहिले जिल्ला बाहिर हुनुहुन्छ । उहाँ काठमाडौँ आए लगत्तै एकता प्रक्रिया आगाडि बढाउने कुरा भएको छ,’ उनले भनिन्। 

वैशाख १७ गते हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको बहुप्रतिक्षित एकता घोषणा कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो।

दुवै पार्टीबीच एकता हुने निश्चित भएर औपचारिक घोषणा गर्न लागिएको बेला रेशम चौधरी कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। उनी चार घण्टापछि छुटेपनि त्यो दिन एकता हुन सकेको थिएन। 

 

सम्बन्धित समाचार
 

वैशाख २९, २०८२ सोमबार १३:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।