अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री ओली

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध :  प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औँ बुद्धजयन्तीको अवसरमा शान्ति, करुणा र मानवताको सन्देश फैलाउने शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै बुद्धका शिक्षा मानव जीवनका लागि अमूल्य उपहार भएको उल्लेख गरेका छन्। 'अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध,' प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, 'बुद्धजयन्तीले उहाँको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।'

उहाँले सबै नेपालीको जीवनमा शान्ति बसोस्, व्यवहारमा करुणा देखियोस् र दृष्टिकोण, विचार तथा कर्म बुद्धमार्गबाट प्रेरित होउन् भन्ने कामना पनि गरेका छन्।

प्रधानमन्त्रीको सन्देशले बुद्धको शिक्षाको समयसापेक्ष महत्व झल्काएको छ, जसले व्यक्तिगत जीवनदेखि सामाजिक सद्भावसम्म सकारात्मक प्रभाव पार्न सक्छ।

वैशाख २९, २०८२ सोमबार ०८:०९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।