आज २५६९ औँ बुद्ध जयन्ती, बुद्धप्रति श्रद्धा प्रकट गर्दै विश्वभर धूमधामसँग मनाइँदै

आज २५६९ औँ बुद्ध जयन्ती, बुद्धप्रति श्रद्धा प्रकट गर्दै विश्वभर धूमधामसँग मनाइँदै

काठमाडौं : आज २५६९औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्दै नेपालसहित विश्वभरका बौद्धमार्गीहरूले विशेष रूपमा मनाइरहेका छन्। बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण-यी तीनै महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई त्रिसंयोग दिवसका रूपमा अत्यन्त विशेष मानिन्छ।

इसापूर्व ५६३ मा, आजभन्दा २५६८ वर्षअघि, लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा सांसारिक जीवन त्यागेर ज्ञानको खोजीमा घरबार परित्याग गरे।

छ वर्ष लामो साधना र तपस्यापछि, इसापूर्व ५२८ मा, भारतको बोधगयामा ३५ वर्षको उमेरमा उनलाई बुद्धत्व प्राप्त भयो। त्यसै दिनदेखि उनले ‘बुद्ध’ अर्थात् ‘बोध प्राप्त पुरुष’ को उपाधि पाएका हुन्। त्यसको एक वर्षपछि, ३६ वर्षको उमेरमा सारनाथमा उनले पाँच शिष्यहरूलाई पहिलो धर्मचक्र प्रवर्तन गरे।

बुद्धको शिक्षाको मूल आधार चार आर्य सत्यु हुन्। ती हुन्- दुःख, दुःखको कारण, दुःखको निवारण, र दुःखनिवारणको मार्ग। यस शिक्षामा आधारित आर्य अष्टाङ्गिक मार्गु तथा पञ्चशीलु उनका मुख्य उपदेशहरू हुन्। अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सङ्कल्प, वचन, कर्म, जीविका, व्यायाम, स्मृति र समाधि समावेश छन्।

वैशाख २९, २०८२ सोमबार ०७:३४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।