‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ विराटनगरमा सुरु

विराटनगर : बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि. ले विराटनगरको महाबिर चोकमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ सुरु गरेको छ।
वैशाख २६ देखि जेठ १ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले नागरिकतामात्रै देखाएर नयाँ बजाज बाइक किन्न सक्नेछन्।
मेलामा ०% सर्भिस चार्ज, अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज, र रु. १०,००० सम्मको अतिरिक्त भ्यालुएसन उपलब्ध हुनेछ। साथै, ‘खुशीको मिटर’ स्किमअन्तर्गत ग्राहकले नगद तथा उपहार जित्ने अवसर पनि पाउनेछन्।
पुराना बाइकको उचित मूल्यांकन गर्न काठमाडौंबाट आएका भ्यालुएटरले थप मूल्यांकन बोनस दिनेछन्। कुनै पनि झन्झटिलो कागजात बिना, १ घण्टाभित्र ऋण स्वीकृति पाइने व्यवस्था गरिएको छ।
मेलाले नयाँ बाइक चाहनेहरूका लागि सहज र आकर्षक अवसर ल्याएको छ।
वैशाख २८, २०८२ आइतबार २०:२७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।