माउन्टेन ड्यू को 'पिक्स अफ करेज' अभियान सुरु

माउन्टेन ड्यू को 'पिक्स अफ करेज' अभियान सुरु

काठमाडौं : पेप्सीको ब्राण्ड ‘माउन्टेन ड्यू ले 'पिक्स अफ करेज' अभियान सुरु गरेको छ। नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा अघि बढाइएको यो अभियानले सगरमाथा बाहेकका कम प्रचारमा आएका हिमशिखरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

‘पिक्स अफ करेज’ एक यस्तो सांस्कृतिक अभियान हो जसले हिमाल आरोहणसँग जोडिएका साहस, संघर्ष र अहिलेसम्म लुकेका कथाहरूलाई उजागर गर्दै पर्वतारोहणको नयाँ परिभाषा दिने प्रयास गरेको छ।

अभियानले नेपाललाई केवल सगरमाथाको देश नभई विश्वकै साहसिक आरोहण गन्तव्यको रूपमा प्रस्तुत गर्दै देशभरि फैलिएका अपरिचित शिखरहरूको प्रवर्द्धन गर्नेछ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालन भएको यो अभियानले शेर्पा, पथप्रदर्शक र स्थानीय पर्यटन व्यवसायीहरूका लागि वास्तविक र दिगो रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास लिएको छ।

अभियान अन्तर्गत ब्राण्डले तयार पारेको विशेष फिल्ममार्फत एक शेर्पा र एक अन्तर्राष्ट्रिय आरोहीको अनुभव प्रस्तुत गरिएको छ जसले शिखरमा पुग्नु मात्र नभई त्यो यात्राको गहिरो अर्थ बुझाउने सन्देश दिन खोजेको छ।

‘पिक्स अफ करेज’ अभियानले साहस, प्रकृति, र पहिचानलाई जोड्ने माध्यमको रूपमा नेपाली पर्यटनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

वैशाख २८, २०८२ आइतबार २०:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।