‘रिड्डारा आरडी सिक्स’ को एक्सचेन्ज अफर सार्वजनिक

‘रिड्डारा आरडी सिक्स’ को एक्सचेन्ज अफर सार्वजनिक

काठमाडौं : सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘EVolve to RIDDARA Xchange’ नामक एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले पुरानो गाडी साटेर शक्तिशाली रिड्डारा इभी पिकअप केवल २० प्रतिशतमा डाउनपेमेन्टमा किन्न सक्नेछन्।

४२४ किमी रेंज र ७३ किलोवाट-आवर ब्याट्रीसहित रिड्डारामा ७ ड्राइभिङ मोड र ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा जस्ता सुविधा छन्। 

अफरमा नगद छुट, बोनस, निःशुल्क एसेसोरी, बीमा, चार्जर र सडक कर पनि समावेश गरिएको छ।

सिजी मोटर्सले यो योजनामार्फत नेपालमा हरित यातायातको प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
 

वैशाख २८, २०८२ आइतबार १९:४८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।