होटेलको ग्राहक तर्साएर तीन लाख लुटपाट, दुई महिलासहित आठ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलंकीमा रहेको ‘होटल मेन्स’ मा आठ जनाको समूहले तीन लाख लुटेका छन्। प्रहरीका अनुसार लुटेरा समूहले पीडितहरूसँग नगद भए नगद नै लुटपाट गर्ने र नगद नभए डर त्रास देखाउँदै बैंक खाता तथा ई सेवामार्फत रकम पठाउन लगाएर ३ लाख ६३ हजार रुपैयाँ लुटेका थिए।
पीडितहरूको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपुर गैँडाकोटका २४ वर्षीय अनिश केसी, चितवन भरतपुर महानगरपालिका-१८ का अतीत क्षेत्री, २४ वर्षीय सन्दीप विक, नवलपुर दिपचुली नगरपालिकाका २३ वर्षीय सन्दीप परियार पक्राउ परेका छन्।
यसैगरी नवलपुर गैँडाकोट नगरपालिकाका २५ वर्षीय दिप्सन भनिने विवेक मल्ल ठकुरी, चितवन भरतपुर महानगरपालिकाका २२ वर्षीय बादल तामाङ, लमजुङ उदयपुर नगरपालिकाका १९ वर्षीय सक्रिय खनियाँ र सुनसरी धरान उपमहानगरपालिकाका २४ वर्षिया कविता राई छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ९ वटा मोबाइल, बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल र ५२ हजार रुपैयाँ बरामद गरेको जानकारी दिएको छ।
वैशाख २८, २०८२ आइतबार १९:३७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।