नीति तथा कार्यक्रमका सबै संशोधन प्रस्ताव अस्वीकृत, ध्वनि मतका आधारमा सरकारको कार्यक्रम स्वीकृत

नीति तथा कार्यक्रमका सबै संशोधन प्रस्ताव अस्वीकृत, ध्वनि मतका आधारमा सरकारको कार्यक्रम स्वीकृत

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।प्रतिनिधिसभाको आइतबारको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मत भने हुन सकेन, बहुमतका आधारमा पारित भयो।

वैशाख १९ को सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।वैशाख २२ देखि प्रतिनिधि सभामा छलफल सुरु भएको थियो। शुक्रवार छलफल सकिएपछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए।

प्रधानमन्त्रीले जवाफदिनेक्रम सकिएपछि आइतबारै सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न संसद्ले पेस गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्दा ती सबै अस्वीकृत भए। अन्तिममा घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दा ध्वनि मतको आधारमा बहुमतले पारित भयो।

वैशाख २८, २०८२ आइतबार १६:३०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।