हाए... गर्मी !

तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैंक
काठमाडौँ : पछिल्ला केही दिन यता काठमाडौंमा तापक्रम निरन्तर बढिरहेको छ। तापक्रम बढेसँगै दैनिक जनजीवन समेत प्रभावित भएका छन्।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिन अघि निरन्तर वर्षा भएपछि देशभरको तापक्रम बढिरहेको छ।
वैशाख २८, २०८२ आइतबार १६:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।