निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैँ त्यसैमा रम्ने हैन’

निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैँ त्यसैमा रम्ने हैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ विषयहरू समेत समावेश रहेको दाबी गरे। उनले विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ रहेको दाबी गरे।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको  जवाफ दिँदै उनले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको बताए।

‘प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो। यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिबद्धता पनि नयाँ हो। ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैँ जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ।’

उनले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको बताए।

थालेको काम सक्ने घोषित नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने, चालु परियोजनाहरूलाई ‘आर्थिक वर्ष २०८२-८३ मा सम्पन्न हुने र प्रतिनिधिसभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समय तालिकामा सम्पन्न गर्ने बताए।

उनले निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज गर्ने र स्टार्टअप होस् वा आन्टरप्रीनरशीप कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा ‘व्यवसाय सुरु गरेदेखि बजारसम्मको चक्र’ अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने जस्ता नयाँ नीति रहेको बताए।

उनले सहमतिको आधारमा संसवधान संशोधनको प्रक्रिया अगाडि बढाउने नीतिमा सरकार प्रतिबद्ध रहेको बताए।

दलहरुबीचको स्वच्छ प्रतिस्पर्धा आपसी संवाद सहकार्य र सहअस्तित्वको नीतिमा राजनैतिक स्थायित्वलाई निरन्तरता नीतिगत स्थिरता सुनिश्चित गर्ने सरकारको प्रयास जारी रहने उनले बताए।

वैशाख २८, २०८२ आइतबार १५:२०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।