काठमाडौंका यी स्थानमा भोलि आठ घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंको विभिन्न स्थानमा भोलि आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण बालाजु वितरण केन्द्रले एक सूचना निकालेर वैशाख २९ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेबारे जानकारी दिएको हो।
बालाजु वितरण केन्द्रको ‘बालाजु–गोलढुंगा टेकु १’ फिडर अन्तर्गत अष्टनारायण हल, पुरानो गुजेश्वरी, फुलवारी गेट, गोलढुंगा, लोलांग, नार्गाजुन स्कुल, धितालथोक, फुयालथोक, बैखु, मुड्खु, चिसापानी, ओशोएरिया, तिन्पिप्ले, ठुलाखोला, छत्रेदेउराली, जितपुर फेंदी, सिम्खंडा गाऊँ, आठमाइल र पाँचमानेमा विद्युत् आपूर्ति बन्द हुने भएको हो।
हाइटेन्सन र लोटोन्सन लाइन नजिक रहेका रुखको हाँगाहरू काट्ने तथा हाइटेन्सन ब्रान्च मर्मत कार्यको लागि विद्युत आपूर्ति बन्द गर्न परेको केन्द्रको सूचनामा उल्लेख छ।
कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारू हुने समेत प्राधिकरणले जनाएको छ।
वैशाख २८, २०८२ आइतबार १४:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।