ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

भरतपुर : इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुलाइएको छ।

दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए। दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ।

वैशाख २८, २०८२ आइतबार १०:४२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।