भारत-पाकिस्तान युद्धविरामको खुसीमा मुल्तानमा गुलाबको वर्षा

भारत-पाकिस्तान युद्धविरामको खुसीमा मुल्तानमा गुलाबको वर्षा

एजेन्सी : भारत र पाकिस्तानबीचको सैन्य तनाव अन्त्य भई युद्धविराम घोषणा भएसँगै पाकिस्तानको मुल्तान सहरमा गुलाबका फूलहरूको वर्षा गर्दै उल्लास मनाइएको छ। 

केही दिनयता लडाकु विमान, मिसाइल, ड्रोन र तोप आक्रमणबीच उच्च तनावमा रहेका दुबै देशहरू शनिबार युद्धविराममा सहमत भए। यो खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए। उनले दुबै पक्षले बुद्धिमान निर्णय गरेको भन्दै बधाई दिएका थिए। 

एएफपीका फोटो पत्रकार शाहिद सईद मिर्जाले खिचेका यी तस्बिरमा पाकिस्तानी नागरिकहरू सडकमा गुलाबका पत्ता छर्दै युद्धविरामको स्वागत गरिरहेको देखिन्छ।

वैशाख २७, २०८२ शनिबार २०:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।