काईई नेपालको ‘एक्सचेन्ज कार्निभल २०८२’ सोमबारसम्म चल्ने

काठमाडौं : ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया पाएपछि कायी नेपालले ‘काईई एक्सचेन्ज कार्निभल २०८२’ को अवधि वैशाख २९ गते सम्म लम्बाएको छ।
थापाथलीमा आयोजित एक्सचेन्ज महोत्सव बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। कार एक्सचेन्ज गर्ने तयारीमा रहेका ग्राहकहरूका लागि यो सुनौलो अवसरका रहेको कम्पनीले जनाएको छ। कार्निभलमा विशेष अफरहरू र उत्सवमय माहोल अनुभव गर्न सकिने बताइएको छ।
कम्पनीले अझ बढी ग्राहकहरूलाई सहभागी गराउने उद्देश्यले कार्निभलको मिति थपिएको जानकारी दिएको छ।
वैशाख २७, २०८२ शनिबार २०:२१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।