नेपाल लाइफ इन्स्योरेन्सले खोल्यो ५ अर्बको लगानीमा इन्भेस्टमेन्ट कम्पनी

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब रुपैयाँको पूँजीमा ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरेको छ।
कम्पनीका अध्यक्ष गोविन्दलाल संघई र बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्।
उक्त सहायक कम्पनीले बीमा कोषको सुरक्षित व्यवस्थापन गर्दै उच्च प्रतिफल दिने उद्देश्य राखेको छ। बीमा बजारमा २५ औं वर्ष प्रवेशको अवसरमा सुरु गरिएको यो प्रयासलाई बीमा प्राधिकरणले दीर्घकालीन सुदृढीकरणको दिशामा महत्वपूर्ण कदम भनेको छ। कम्पनीले रियल इस्टेट, ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने योजना राखेको छ।
नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले यो संरचनागत परिवर्तनबाट कम्पनीको कोर भ्यालु अझ बलियो हुने विश्वास व्यक्त गरे। लगानी कम्पनीका प्रमुख कार्यकारी सुवास थापाले विवेकशील ढंगले उच्च मूल्य सृजना गर्ने योजना रहेको जानकारी दिए।
वैशाख २७, २०८२ शनिबार १९:५२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।