नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

नाडाको पहलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

काठमाडौं : नाडा अटोमोबाइल्स  एसोसिएसन अफ नेपालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी दुईदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ।

वैशाख २४ र २५ गते आयोजित उक्त तालिम नाडाले ईन्स्योर  परियोजनाको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रममा अटोमोबाइल्स क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षा, स्वास्थ्य र वातावरणीय पक्षलाई प्राथमिकतामा राखी तालिम प्रदान गरिएको थियो।

तालिमको उद्देश्य कार्यस्थलमा देखिने जोखिम, स्वास्थ्य समस्याहरूको पहिचान तथा व्यवस्थापनबारे सहभागीहरूलाई सचेत बनाउनु थियो। कार्यस्थलमा सुरक्षित वातावरण निर्माण गर्न सैद्धान्तिक र व्यवहारिक अभ्यासहरू प्रस्तुत गरिएका थिए।

तालिममा नाडाका १२ सदस्य संस्थाबाट सहभागीहरूले प्रशिक्षण लिएका थिए। उनीहरूलाई विश्व श्रम संगठनको मापदण्डअनुसार व्यक्तिगत सुरक्षा उपकरणको प्रयोग, अग्नि सुरक्षा, कार्यस्थलमा देखिने शारीरिक र मानसिक जोखिम, औद्योगिक दुर्घटनाको जोखिम न्यूनीकरणलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

यस तालिममार्फत सहभागीहरूले सुरक्षित कार्य संस्कृतिको विकास र दिगो श्रम व्यवस्थापनतर्फ सकारात्मक योगदान दिने अपेक्षा गरिएको नाडाले जनाएको छ।

वैशाख २७, २०८२ शनिबार १९:३९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।