भारतीय विदेश सचिवले भने- दुबै पक्ष बीच युद्धविरामको सहमति सँगै कार्यान्वयनको प्रक्रिया सुरु भइसक्यो

एजेन्सी : भारतका विदेश सचिव विक्रम मिस्रीले भारत-पाकिस्तानबीच युद्धविराम तत्काल लागू हुने बताए।
शनिबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मिस्रीले पाकिस्तान र भारतका सैन्य सञ्चालन महानिर्देशक बीच आज दिउँसो ३:३५ बजे टेलिफोन वार्ता भएको जानकारी दिए।
उक्त वार्तामा दुबै पक्षले स्थल, आकाश र समुद्रमार्फत हुने सबै प्रकारका गोलीबारी र सैन्य कारबाही आज भारतीय समयअनुसार ५ बजेदेखि रोक्ने सहमति भएको जानकारी दिए।
विदेश सचिव मिस्रीले भने, ‘दुबै पक्षका सैन्य कमाण्डरहरूबीच सम्पर्क भएको छ र युद्धविराम कार्यान्वयनका लागि आवश्यक निर्देशनहरू जारी गरिएका छन्। उक्त सहमति कार्यान्वयनमा ल्याउने प्रक्रिया सुरु भइसकेको छ।’
उनका अनुसार, भारत र पाकिस्तानका सैन्य कमाण्डरहरूबीच आगामी मे १२ तारिखका दिन दिउँसो १२ बजे पुनः संवाद गर्ने तय भएको छ।
वैशाख २७, २०८२ शनिबार १८:५६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।