युद्धविरामको सहमतिबारे के भन्छ पाकिस्तान ?

युद्धविरामको सहमतिबारे के भन्छ पाकिस्तान ?

एजेन्सी : भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको ट्रम्पको घोषणापछि पाकिस्तानले प्रतिक्रिया जनाएको छ।  

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीले इशाक दारले युद्धविरामको सहमति भएको पुष्टि गर्दै पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन्।

‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहँदै आएको छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।  

हालसम्म भारत सरकारको आधिकारिक प्रतिक्रिया भने आइसकेको छैन।
 

वैशाख २७, २०८२ शनिबार १८:४०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।