भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको ट्रम्पको दाबी

भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको ट्रम्पको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल’ युद्धविरामको गर्ने सहमति भएको दाबी गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’  मा पोस्ट गर्दै ट्रम्पले अमेरिकी पहलमा दुई देशबीच रातभरको वार्तापछि युद्धविरामको सहमति भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’

ट्रम्पको यस्तो घोषणाले दक्षिण एसियाली क्षेत्रमा चुलिँदो तनाव कम हुने अपेक्षा गरिएको छ। यद्यपि दुबै देशको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। 

वैशाख २७, २०८२ शनिबार १८:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।