४३ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका रविन्द्र मिश्रलाई रिहाइ गर्न माग

४३ दिनदेखि प्रहरी नियन्त्रणमा रहेका रविन्द्र मिश्रलाई रिहाइ गर्न माग

काठमाडौं : राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्रलगायत ६० भन्दा बढी व्यक्तिहरूको रिहाइको माग गरेका छन्।

शनिबार आयोजित दबाबमूलक कार्यक्रममा संगठनले  पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो।

उक्त दबाबमुलक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पनि ऐक्यबद्धता जनाउँदै पक्राउ परेकाहरू निर्दोष रहेको दाबी गरे।

उनले भने, ‘राष्ट्रवादी देशभक्त साथिहरूबाट आयोजना भएको यो दवाबमुलक कार्यक्रममा एक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ। म सरकारलाई आग्रह गर्न चाहन्छु। यी आस्थाका बन्दिहरु रविन्द्र मिश्र लगायतका बन्दिहरु अपराधि होइनन्, उनीहरुले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन्। उनीहरू विचारका योद्धाहरू हुन्। त्यसैले तत्काल सरकारले रिहाइ गर्नुपर्छ।‘

थापाले वर्तमान सरकार निरकुंश र भ्रष्ट भएको आरोप पनि लगाए। उनले रविन्द्र मिश्र, धवल शम्शेर राणा, दुर्गा प्रसाईं, पशुपति खड्का, सन्तोष शिलवाल, कमल विष्टसहित ६० भन्दा बढी व्यक्तिहरूलाई ४३ दिनदेखि थुनामा राखिएको भन्दै आपत्ति जनाए।

‘वर्तमान निरकुंश सरकारले ४३ दिनदेखी थुनामा राखेर उहाँहरूमाथि अन्याय र अनेकौं झुटा मुद्दाहरू लगाउने दुष्प्रयास गरिराखेको छ,’ उनले भने।  

 

वैशाख २७, २०८२ शनिबार १७:४४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।