तनाव बढेपछि भारतका ३२ विमानस्थल बन्द गरियो

तनाव बढेपछि भारतका ३२ विमानस्थल बन्द गरियो

काठमाडौं : पाकिस्तानसँगको बढ्दो तनावका बीच भारत सरकारले उत्तर र पश्चिम क्षेत्रका ३२ विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ। मे १५ सम्मका लागि लागू हुने यो निर्णयले भारतका सात राज्यमा हवाई सेवा प्रभावित हुनेछ।

पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीरका विभिन्न विमानस्थलमा उडान सेवा स्थगन गरिएको भारतीय नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

‘उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन्,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

मन्त्रालयले सबै एयरलाइन्स र उडान सेवा प्रदायकहरूलाई हालको परिस्थितिमा वैकल्पिक मार्ग तय गर्न तथा यात्रु व्यवस्थापनमा सतर्क रहन निर्देशन दिएको छ।

वैशाख २७, २०८२ शनिबार १६:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।