भारतको श्रीनगरमा दुई ठुलो विस्फोट

एजेन्सी : शनिवार भारतको काश्मीरको राजधानी श्रीनगरमा शहरको विमानस्थल र सेनाको स्थानीय मुख्यालय नजिक दुई ठूलो विस्फोटहरू सुनिएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार काश्मीरको बारामुला शहरमा पनि दुई विस्फोट सुनिएको छ।
आणविक-सशस्त्र छिमेकी भारत र पाकिस्तानबीच लडाइँ शुरु भएको छ। दुवैले एक अर्कामाथि सहमति उलङ्घन गरेको दाबी गरिरहेका छ।
भारतले पहिला अप्रेशन सिन्दुर नामक सैन्य अभियान शुरु गरेको थियो। आतङ्कवादीको अखडा केन्द्रित आक्रमण दाबी गरिए पनि मदरसा र स्थानीयवासीको घरमा आक्रमण भएको पाकिस्तानले दाबी गरिरहेको छ।
भारतले पाकिस्तानले सैन्य इलाका केन्द्रित आक्रमण गरे पनि असफल बनाएको दाबी गरिरहेको छ।
वैशाख २७, २०८२ शनिबार १५:१७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।