विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारी लिए सपथ

काठमाडौं : विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्की, कुलपति प्रा.डा.रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा. डम्बर ध्वज चेम्जोङले सपथ लिए।
नयाँ कानुनी व्यवस्था अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई सपथ दिलाए।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा.दिपक काफ्ले लगायत उपस्थित थिए।
वैशाख २७, २०८२ शनिबार १५:०८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।