अमेरिकी विदेशमन्त्रीद्वारा भारतीय समकक्षी र पाकिस्तानी सेना प्रमुखसँग कुराकानी

एजेन्सी : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।
भारतका विदेशमन्त्री एस. जयशंकरले आफ्नो एक्स अकाउन्टबाट मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिए।
उनले भनेका छन्, ‘आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरेँ। भारतको अडान सधैँ संयमी र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।’
यससँगै अमेरिकाले पनि भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्ता गरेको बारेमा एक विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री रुबियोले तनाव कम गर्का लागि दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएको उल्लेख थियो।
यसका साथै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबीचको वार्तामा मद्दत गर्न सक्ने प्रस्ताव पनि गरेका थिए।
यसैबीच, अमेरिकाले पाकिस्तानी सेना प्रमुख असिन मुनीरसँगको वार्ताको बारेमा पनि एक विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख असीम मुनीरसँगको कुराकानीका क्रममा दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न अपील गरे। भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरू गर्न अमेरिकी सहयोगको प्रस्ताव गरे।’
वैशाख २७, २०८२ शनिबार १३:३७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।