पाकिस्तानको गोलाबारीमा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको निधन

पाकिस्तानको गोलाबारीमा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको निधन
जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह

एजेन्सी : जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘राजौरीबाट दु:खद खबर। हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए।’

उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको समेत जानकारी दिए।

उनले अगाडि लेखेका छन्, ‘आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको आवास निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो।’

वैशाख २७, २०८२ शनिबार ०८:२८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।