भारतीय सैन्य प्रतिष्ठानमा पाकिस्तानी सेनाको ‘अपरेशन बन्यान मार्स’ कारबाही सुरू
एजेन्सी : पाकिस्तानले भारतका प्रमुख सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्दै ‘अपरेशन बन्यान मार्स’ जवाफी कारबाही सुरु गरेको बताएको छ।
त्यहाँको सरकारले एक विज्ञप्ति जारी गर्दै यी कारबाहीहरू भारतले यसअघि गरेको आक्रमणको जवाफमा गरिएको भनेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतको यो आक्रमण हाम्रो मातृभूमि, जनता र सार्वभौमसत्तामाथि भएको हमला थियो।’
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार पाकिस्तानले प्रतिशोधात्मक कारबाहीलाई ‘अपरेशन बन्यान मार्स’ नाम दिएको बताएको छ।
पाकिस्तानले यसअघि भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूलाई निशाना बनाएको आरोप लगाएको थियो।
पाकिस्तानको यी दाबीहरूमा भारतले अहिलेसम्म केही भनेको छैन।
वैशाख २७, २०८२ शनिबार ०८:०४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।