बुटवलमा ट्रायम्फ नेपालको नयाँ शो-रुम

बुटवल : ब्रिटिस मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज बुटवलमा आफ्नो नयाँ शो-रुमको उद्घाटन गरेको छ। उद्घाटनको दिनमै १५ वटा ट्रायम्फ मोटरसाइकल डेलिभरी गरिएको कम्पनीको दाबी छ।
ट्रायम्फ नेपालले बस्याल अटोकोर्पलाई बुटवल क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ। बस्याल अटोकोर्पका मालिक आकर्षक बस्यालले स्थानीय ग्राहकको ठूलो चासोप्रति आभार व्यक्त गरे।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ब्रान्डप्रतिको बढ्दो आकर्षण र गुणस्तरप्रतिको प्रतिबद्धता दोहोर्याउँदै भने, ‘ट्रायम्फ सधैं प्रदर्शन, शैली र इन्जिनियरिङ उत्कृष्टताको प्रतीक रहँदै आएको छ। नेपाली राइडरहरूले जुन प्रकारले यो ब्रान्डलाई आत्मसात गर्नुभएको छ, त्यो प्रेरणादायक छ। बुटवलबाट आएको प्रतिक्रिया अपूर्व छ, र हामी यो समुदायसँग अझ गहिरो सम्बन्ध बनाउने लक्ष्यमा छौं।’
नयाँ शो-रुममा दक्ष जनशक्ति परिचालन गरिएको छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा सुविधा उपलब्ध छ। ट्रायम्फ नेपालले पूर्ण रूपमा सञ्चालनमा रहेको सेल्स, सर्भिस, स्पेयर सुविधा सहित ग्राहकलाई सम्पूर्ण बाइक स्वामित्व अनुभव सहज बनाउने प्रतिवद्धता जनाएको छ।
वैशाख २६, २०८२ शुक्रबार १८:४०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।