पाकिस्तानमा रहेका सबै नेपाली सरकारको सम्पर्कमा

काठमाडौं : पाकिस्तानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति नेपाल सरकार पूर्णरूपमा सचेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
हालै पाकिस्तानमा विकसित घटनाक्रमलाई ध्यानमा राख्दै मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासमार्फत त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही आवश्यक समन्वय भइरहेको बताएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार कुनै आकस्मिक परिस्थितिमा थप सहयोग आवश्यक परेमा इस्लामावादस्थित नेपाली राजदूतावासमा सीधै सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
मन्त्रालयले सम्पर्क अधिकारीका रूपमा तृतीय सचिव वृन्दा सुबेदी खड्काको फोन नम्बर +९२ ३३१३२९३११९ र आर्सलान मेहमुदको फोन नम्बर +९२ ३४०५१७४२६१ पनि सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थीहरूका अभिभावक र आफन्तलाई पनि आवश्यक परेमा यी सम्पर्क माध्यममार्फत जानकारी लिन वा दिन सक्ने जनाएको छ।
वैशाख २६, २०८२ शुक्रबार १७:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।