भारत-पाकिस्तान तनावबीच बालुवाटार पुगेर भारतीय राजदूतले भेटे प्रधानमन्त्री

भारत-पाकिस्तान तनावबीच बालुवाटार पुगेर भारतीय राजदूतले भेटे प्रधानमन्त्री

काठमाडौं : भारत-पाकिस्तान तवानका बीच भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। 

श्रीवास्तवले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भारत-पाकिस्तानबीच बढेको तनावबारे जानकारी दिए। 

भेटमा राजदूत श्रीवास्तवले भारतको पहलगाममा २२ अप्रिलमा भएको आतङ्कवादी हमलापछि भारतले उक्त हमलाको जवाफस्वरूप मात्रै कारबाही गरेको स्पष्ट पारे। साथै उनले ‘जेट हमला’ को प्रचार सही नभएको बताए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत श्रीवास्तवले नेपाल सरकारले सो घटनापछि सार्वजनिक गरेको वक्तव्यप्रति धन्यवाद दिएका थिए।

प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्वशान्तिको पक्षमा उभिएको बताउँदै आतङ्कवादी हमलाको कडा निन्दा गरेका छन्। उनले नेपालले कुनै पनि द्वन्द्वरत पक्षलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारे।

वैशाख २६, २०८२ शुक्रबार १६:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।