भारत-पाकिस्तान तनावका बीच आईपीएल स्थगित

एजेन्सी : भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित गरेको छ।
शुक्रबार बीसीसीआईले आईपीएल समितिसँग बसेको आपतकालीन अनलाइन बैठकपछि यस्तो निर्णय गरेको हो।
यद्यपि, बीसीसीआईले नयाँ मिति भने घोषणा गरेको छैन। प्रतियोगितामा अझै पनि लिग चरणका १२ खेल बाँकी छन्। प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो।
८ मे को राति करिब ८:३० बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपछि हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल रोकिएको थियो।
पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाउँदा मैदानको फ्लडलाइटहरू निभाइयो र दर्शकहरूलाई घर पठाइयो।
युद्धको अवस्थाका कारण भारतका कयौं शहरहरूमा ब्ल्याकआउट गरियो र खेल रद्द गरियो। यो लिग चरणको ५८ औं खेल थियो।
वैशाख २६, २०८२ शुक्रबार १२:४५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।