पत्रकार सुरेश रजक राजावादीको शहीद !

पत्रकार सुरेश रजक राजावादीको शहीद !

काठमाडौं : राजावादीहरूको आन्दोलन घोषणा कार्यक्रममा आफ्नै प्रदर्शनकारीले आगो लगाएको घरमा मारिएका पत्रकार सुरेश रजकको समेत तस्बिर राखे।

बिहीबार आन्दोलन घोषणाका लागि आयोजित कार्यक्रम तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने जनआन्दोलन समितिले राखेको थियो।

कार्यक्रममा राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी दलका नेता समेत सहभागी थिए। मन्चमा उनीहरूले शहीदको रूपमा रजकसँगै प्रदर्शनमा प्रहरीको गोली लागेर मारिएका सबिन महर्जनको तस्वीर समेत राखेका थिए।

राजा फर्काउने भन्दै चैत १५ मा तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक हुँदा तोडफोड र आगजनी भएको थियो।

प्रदर्शनकारीले प्रदर्शनस्थल नजिकै रहेको घरमा आगो लगाउँदा त्यहीँ घरभित्र गएर छायांकन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेशको जलेर मृत्यु भएको थियो।

आगजनीमा संलग्न रहेको आरोपमा केही प्रदर्शनकारी प्रहरी हिरासतमा छन्। प्रदर्शन हिंसात्मक बनाएको आरोपमा रवीन्द्र मिश्रसहित हिरासतमा छन्।

वैशाख २६, २०८२ शुक्रबार १२:३४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।