विद्युत् प्राधिकरणको आम्दानी र खर्चबारे सदनलाई जानकारी गराउन रुलिङको माग

काठमाडौं : माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न माग गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै पार्टीको प्रमुख सचेतक समेत रहेका पाण्डेले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक र वर्तमान कार्यकारी निर्देशकले सञ्चारमाध्यममार्फत जारी गरेका आम्दानी र खर्चको विवरणले आम जनतामा अन्यौल सिर्जना भएको उल्लेख गरेका छन्।
उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउनका लागि सरकारलाई रुलिङ गर्न जोडदार माग गर्दछु।’
गोरखा र धादिङ जिल्लाको बीचमा पर्ने सुरु गर्न लागिएको राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् परियोजनाको आगामी आर्थिक वर्ष २०८२/८३ बाट सुरु गर्न माग समेत गरेका छन्।
वैशाख २६, २०८२ शुक्रबार १२:२५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।