पाकिस्तानमा रहेका ८० नेपाली विद्यार्थीको उद्धार गर्न सांसद खनालको माग

पाकिस्तानमा रहेका ८० नेपाली विद्यार्थीको उद्धार गर्न सांसद खनालको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा रहेका ८० जना विद्यार्थीले उद्धारको आग्रह गरेकाले उद्धार र सरक्षाको पहल गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद खनालले भारत र पाकिस्तानबीचको तनाव बढेसँगै पाकिस्तानमा रहेका ८० जना नेपाली विद्यार्थीहरुले उद्धारको माग गरेको उनले जानकारी गराए।

उनले भने, ‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरुले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्।’

यसका अलावा सांसद खनालले ढिलै गरेर भए पनि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा आतंकवादविरुद्ध अडान भएकाले त्यसको स्वागत गरे।

उनले भारत र पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्नसक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेको नेपालीहरुमाथि पर्नसक्ने प्रभावको आँकलन गरी योजना निर्माणको समेत माग गरेका छन्।

साथै सांसद खनालले संसदलाई समग्र परिस्थितिको मूल्यांकन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन समेत रुलिङको माग गरेका छन्।

वैशाख २६, २०८२ शुक्रबार १२:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।