सीसीयूमा राखिएका माधवकुमार नेपालको स्वास्थ्य अवस्था सुधार

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।
मुटुमा समस्या देखिएपछि बिहीबार विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएका उनको एन्जिओप्लास्टी गरिएको थियो।
उपचारपछि सीसीयूमा राखिएका उनलाई केही दिन आराम गर्न चिकित्सकले सल्लाह दिएका छन्।
उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
वैशाख २६, २०८२ शुक्रबार ११:५४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।