भैरहवामा हुन्डाईको डिलर मिट र अन्तरक्रिया

भैरहवामा हुन्डाईको डिलर मिट र अन्तरक्रिया

काठमाडौं : नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भैरहवामा डिलर मिट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा हुन्डाईका गुणस्तरीय गाडी, सेवा र देशभर फैलिएको सञ्जालबारे जानकारी दिइएको थियो। नेपालभर हुन्डाई गाडीप्रति बढ्दो ग्राहक आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले नयाँ उत्पादन र सेवा सुविधालाई अझ प्रभावकारी बनाउन डिलरहरूको साथ र सुझाब महत्वपूर्ण हुने जनाएको छ।

कम्पनीका अनुसार नयाँ कोना इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकलाई थप सुविधा पुर्याउनेछ। विद्युतीय गाडी लिने वा लिन चाहनेहरूलाई सर्भिस र पार्ट्सको सहज उपलब्धता प्रदान गर्न कम्पनीले भैरहवा, बुटवल तथा आसपासका क्षेत्रका डिलरमार्फत सेवा सुलभ बनाउने तयारी गरेको छ।

नेपालमै कोना ईभीको असेम्बली सुरू भइसकेको र पेट्रोल तथा इलेक्ट्रिक दुवै प्रकारका गाडी एउटै प्लेटफर्ममा आधारित भएकाले ग्राहकले सेवा, पार्ट्स र मर्मतका विषयमा कुनै चिन्ता लिनु नपर्ने कम्पनीले जनाएको छ।

यसै सन्दर्भमा हुन्डाईको उच्च व्यवस्थापन टोलीले देशभरका डिलरहरूलाई भेटघाट गर्दै सुझाव संकलन गर्ने उद्देश्य राखिएको छ। यही अभियान अन्तर्गत कम्पनीले २०८२ बैशाख २५ गते (८ मे २०२५) मा भैरहवाको आलायन्स मोटर्समा विशेष कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल अधिकारीले ग्राहकको सन्तुष्टि नै कम्पनीको प्राथमिकता भएको बताए। उनले स्मार्ट अफ्टर सेल्स सर्भिस, विश्वसनीय पार्ट्स र तालिमप्राप्त प्राविधिकमार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

वैशाख २६, २०८२ शुक्रबार ११:२९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।