दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना

दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ।

त्यसैले देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रिमनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक दुई स्थानमा आइसोलेटेड रुपमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ।

आज दिउँसो पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति पनि मौसमको अवस्था यस्तै नै रहने पूर्वानुमान छ।

वैशाख २६, २०८२ शुक्रबार ०८:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।