पाकिस्तानी आक्रमणका कारण आईपीएलमा दिल्ली र पञ्जाबको खेल रद्द

पाकिस्तानी आक्रमणका कारण आईपीएलमा दिल्ली र पञ्जाबको खेल रद्द

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत धर्मशालामा भएको दिल्ली क्यापिटल्स र पन्जाब सुपर किङ्सबीचको खेल रद्द भएको छ।

प्राविधिक समस्याका कारण मैदानको फ्लडलाइट चल्न नसक्दा खेल रद्द गर्नुपरेको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ।

१० ओभर १ बल को खेल सकिएपछि फ्लड लाइटको पावर सप्लाई नहुँदा मात्र एउटा फ्लड लाइट मात्र बलेको थियो।

आईपीएलका अधिकारीले भने अन्तर्राष्ट्रिय मिडियालाई पाकिस्तानले गरिरहेको आक्रमणलाई ध्यानमा राख्दै सुरक्षाका हिसाबले खेल रद्द गरिएको जानकारी दिएका छन्।

पन्जाबले १० ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय २२ रन जोडेको थियो। प्रियान्स आर्या र प्रभसिम्रनले टोलीलाई उत्कृष्ट सुरुवात दिलाए।

वैशाख २६, २०८२ शुक्रबार ०८:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।