आठ हजार एक्स अकाउन्ट बन्द गर्न भारतको निर्देशन, एक्सले भन्यो- ‘हुँदैन’

आठ हजार एक्स अकाउन्ट बन्द गर्न भारतको निर्देशन, एक्सले भन्यो- ‘हुँदैन’

एजेन्सी : पाकिस्तानसँगको तनावका बीच, भारत सरकारले फेक समाचार फैलाएको आरोप लगाउँदै आठ हजार एक्स अकाउन्ट बन्द गर्न निर्देशन दिएको छ।

यसमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको खाताहरू पनि समावेश छन्। एक्सले आफ्नो ग्लोबल गभर्नेन्स अफेयर्स खाता मार्फत यस्तो बताएको हो।

एक्सले यी खाताहरू बन्द गर्न आफू असहमत भएको जानकारी दिँदै भारतमा भने यी अकाउन्टबाट भएका पोस्टहरू नदेख्ने बनाइएको उल्लेख गरेको छ।

ग्लोबल गभर्नमेन्ट अफेयर्सले आफ्नो आधिकारिक एक्स अकाउन्टमा पोस्ट गरेको छ, ‘भारत सरकारले नक्कली समाचार, पाकिस्तानको प्रचार र भारत विरोधी सामग्री (पाठ, फोटो र भिडियो) फैलाउने खाता र पोस्टहरू प्रतिबन्ध लगाउन आदेश जारी गरेको छ।’

भारतले राष्ट्रिय सुरक्षा र साइबर सुरक्षालाई बलियो बनाउन यो कदम चालिएको बताएको छ। केही खाताहरूमाथि भारतमा अस्थिरता र गलत सूचना फैलाएको आरोप लगाइएको छ।

यसअघि बिहीबार केन्द्र सरकारले सबै ओटीटी (ओभर-द-टप) र स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानसँग सम्बन्धित सामग्री तुरुन्तै हटाउन निर्देशन दिएको थियो।

सूचना तथा प्रसारण मन्त्रालयले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै पाकिस्तानी सामग्रीमाथि प्रतिबन्ध लगाउने परिपत्र जारी गरेको छ। यो कारबाही सूचना प्रविधि ऐन २०२१ अन्तर्गत गरिएको हो।

यसअघि, अप्रिल २७ मा, गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले १६ पाकिस्तानी युट्युब च्यानलहरू प्रतिबन्ध लगाएको थियो। सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ।

त्यसैगरी फिल्म फेडरेशन अफ वेस्टर्न सिने एम्प्लॉइजले हालै सूचना तथा प्रसारण मन्त्रालयलाई पत्र लेख्दै यदि कुनै भारतीयले पाकिस्तानी कलाकारहरूसँग काम गरेमा उनीविरुद्ध देशद्रोहको मुद्दा दायर गरिने स्पष्ट पारेको छ।

साथै, पाकिस्तानी कलाकारहरूसँग काम गर्ने जो कोहीलाई पनि भारतीय उद्योगबाट प्रतिबन्ध लगाइनेछ। विवादका बीच, फवाद खानको फिल्म अबिर गुलाल अब भारतमा रिलिज नहुने देखिएको छ। यसैबीच, हानिया आमिरलाई पनि चलचित्र ‘सरदार ३’ बाट हटाइँदैछ।

वैशाख २६, २०८२ शुक्रबार ०७:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।