पाकिस्तानले भन्यो- हामीले आक्रमण गरेका छैनौं, भारतले झुट फैलायो

एजेन्सी : पाकिस्तानले पठानकोट, जैसलमेर र श्रीनगरमा आक्रमण गरेको भारतको आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ।
पाकिस्तानले यी आरोपहरू गलत, गैरजिम्मेवार र राजनीतिक लाभका लागि लगाइएको बताएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमा भारतले झूट फैलाएर र यस क्षेत्रमा तनाव बढाएर पाकिस्तानको छवि निरन्तर बिगार्न खोजिरहेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतले कुनै प्रमाण विना नै बारम्बार पाकिस्तानमाथि आरोप लगाउँछ जसले गर्दा आक्रमण गर्ने र सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाउने बहाना बन्नेछ।’
वैशाख २६, २०८२ शुक्रबार ०७:४५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।