पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा हुने

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिगको दशौं संस्करणका बाँकी आठ खेल युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने भएको छ।

बोर्डद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एचबीएल पीएसएलका बाँकी खेल युएईमा सारिएको पुष्टि गर्दछौँ।’

विज्ञप्तिमा क्वालिफायर, दुवै एलिमिनेटर खेल र फाइनल पनि युएईमै हुने उल्लेख गरिएको छ।

‘खेल तालिका, मिति र मैदानको जानकारी पछि सार्वजनिक गरिनेछ’, बोर्डको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार रावलपिंडी क्रिकेट रंगशालामा भएको ड्रोन आक्रमणपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले भारतबाट क्रिकेट रंगशालामा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू अब संयुक्त अरब इमिरेट्स (युएई) मा खेलाइने बताएका हुन्।

वैशाख २६, २०८२ शुक्रबार ०७:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।