भारतको जम्मुमा पाकिस्तानले गर्यो मिसाइल आक्रमण, ब्ल्याक आउट जारी

एजेन्सी : पाकिस्तानले जम्मु र काश्मिर क्षेत्रमा मिसाइल आक्रमण गरेको छ। मंगलबार बेलुका भारतले गरेको आक्रमणको प्रतिकारमा पाकिस्तानले जम्मु क्षेत्रमा मिसाइल आक्रमण गरेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले जम्मु क्षेत्रमा ब्ल्याक आउट गरिएको छ। भारतीय डिफेन्स पद्धतिले पाकिस्तानले प्रहार गरेको मिसाइलहरु निस्क्रिय गरेको दाबीहरू आइरहेका छन्।
अहिले जम्मु क्षेत्रमा साइरन बजिरहेका छन् भने विष्फोटका आवाजहरू समेत आइरहेका छन्। सुरक्षा निकायले स्थानीयलाई घरभित्र बस्न, बत्ति निभाउ र अनावश्यक रुपमा घर बाहिर ननिस्कन निर्देशन जारी गरेको छ।
वैशाख २५, २०८२ बिहीबार २३:२४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।