पाकिस्तानले भारतको राफेल युद्दक विमान खसालेको पुष्टी, अन्यबारे अनुसन्धान जारी

एजेन्सी : पाकिस्तानले एक भारतीय विमान खसालेको पुष्टी भएको छ। भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई आक्रमणकोक्रममा पाकिस्तानी सेनाले एक विमान खसाएको अमेरिकी र रसियन सुरक्षा अधिकारीहरुले पुष्टी गरेका छन्। तर कुन हतियार प्रयोग गरेर खसालेको हो भन्ने एकिन भइसकेको छैन।
पाकिस्तानले बुधबार भारतीय आक्रमणको जवाफमा पाँच भारतीय वायु सेनाका विमान खसालेको दाबी गरेको थियो। उनीहरूले तीन राफेलसमेत खसालेको दाबी गरेका थिए। भारतीय अधिकारीहरूले यसबारे अझैं औपचारिक रुपमा केही भनेका छैनन्।
एक उच्च पदस्थ फ्रान्सेली गुप्तचर अधिकारीलाई उदृत गर्दै सिएनएनले भारतीय वायु सेनाद्वारा संचालित एक राफेल लडाकू विमानलाई पाकिस्तानले खसालेको दाबी गरेको छ।
यो फ्रान्समा निर्मित अत्याधुनिक युद्ध विमान हो। पाकिस्तानी सेनाले एक मात्र राफेल खसाले वा एक भन्दा बढी भन्नेबारे अनुसन्धान जारी रहेको बताइएको छ।
वैशाख २५, २०८२ बिहीबार २२:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।