माधव नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरेर सिसियूमा

काठमाडौँ : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टी गरिएको छ।
मुटुमा समस्या भएपछि उनलाई बिहीबार बिहान अस्पताल लगिएको थियो। उपचारपछि अहिले उनलाई सिसियूमा राखिएको उपचारबारे जानकार स्रोतले उकेरालाई बतायो।
'अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। विस्तृत भोलि सार्वजनिक होला,' अस्पताल स्रोतले भन्यो।
वैशाख २५, २०८२ बिहीबार २२:००:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।