महालक्ष्मी विकास बैंकको ‘स्क्यान टु क्यास’ सेवा सुरु

काठमाडौं : महालक्ष्मी विकास बैंकले ‘फोन पे’ को सहकार्यमा पहिलोपटक नेपालमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ। महालक्ष्मी बैंक यो सेवा सुरु गर्ने पहिलो विकास बैंक बनेको छ।
यस सेवाअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ एपमार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सहज रूपमा नगद झिक्न सक्नेछन्। प्रारम्भिक रूपमा बैंकको दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको यो सुविधा छिट्टै देशभर विस्तार गरिने बैंकले जनाएको छ।
परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको आवश्यकता घटाउँदै ल्याइएको यस सेवाले डिजिटल भुक्तानीलाई अझ सरल र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
यसबाहेक, महालक्ष्मी बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ‘अलि पे प्लस’ नेटवर्कमार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ। जसले चीन, सिंगापुर र दक्षिण कोरिया लगायतका पर्यटकहरूलाई नेपालमा सजिलै डिजिटल भुक्तानी गर्न सक्ने बनाएको छ।
डिजिटल सेवा विस्तारकै क्रममा बैंकले हालै आफ्ना ग्राहकका लागि ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप पनि सार्वजनिक गरिसकेको छ।
वैशाख २५, २०८२ बिहीबार १९:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।