मिश्रलाई थप पाँच दिन हिरासतमा राखिने

मिश्रलाई थप पाँच दिन हिरासतमा राखिने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँच दिन हिरासतमा बस्ने भएका छन्।

मिश्रमाथि अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

मिश्र गत चैत १५ गतेको तीनकुने घटनापछि राज्य विरुद्ध र सङ्गठित अपराधको आरोपमा समातिएका थिए। 

वैशाख २५, २०८२ बिहीबार १८:४९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।