नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोकमा इन्जिनियर पदमा नियुक्ति लिएका सुमन खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अभियुक्तले बीई सिभिल इन्जिनियरिङ्गको शैक्षिक योग्यता तथा नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र नक्कली बनाएर कारारमा जागिर पाएका थिए।
अख्तियारले ती प्रमाणपत्र नक्कली रहेको पुष्टि भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।
प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार खनालविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
वैशाख २५, २०८२ बिहीबार १८:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।