बजाजको ‘ह्विल अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

बजाजको ‘ह्विल अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं : बजाज नेपालले आयोजना गरेको ‘ह्विल अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न भएको छ।

१२ नेपाली महिनाको प्रतिनिधित्व गर्ने तस्बिरहरूबाट १२ विजेता चयन गरिएको छ, जसका तस्बिरहरू बजाज ग्रान्ड कार्निभल २०८२ मा प्रदर्शन गरिँदैछ।

विजेताहरूले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। भृकुटीमण्डपमा वैशाख १६ देखि २७ गतेसम्म चल्ने कार्निभलमा बाइक किन्न नागरिकता मात्र पुग्ने, शून्य सेवा शुल्क, निःशुल्क एक्सेसोरी, स्पट फाइनान्सिङ र ‘बजाज खुसीको मिटर’ मार्फत उपहार जित्ने मौका जस्ता अफर छन्।

बजाजका मार्केटिङ प्रमुख अमित राज चालिसेले प्रतियोगिताले ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ बनाएको बताए।
 

वैशाख २५, २०८२ बिहीबार १८:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।