स्वामी कैलाशानंदले गरे भालेश्वर महादेवको दर्शन

काठमाडौं : भारतको निरञ्जन अखाडाका परमपूज्य स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि स्थित भालेश्वर महादेवको दर्शन तथा पूजा आराधना गरेका छन्। नेपालका विभिन्न धार्मिक स्थलहरूको भ्रमणका क्रममा उनी चन्द्रागिरि पुगेका हुन्।
दर्शनपछि उनले चन्द्रागिरिको वातावरण र प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्य भएको बताए।
स्वामी कैलाशानंदले लुम्बिनी, वसन्तपुरस्थित कामाख्या मन्दिर, रसुवाको गोसाईंकुण्ड र दक्षिणकाली मन्दिरमा पनि पूजा गरेका थिए। उनको यस भ्रमणले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
वैशाख २५, २०८२ बिहीबार १७:०५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।